RUMPUM
animated ellipse animated ellipse

सेनालाई साधन सम्पन्न र प्रविधि मैत्री वनाउनु पर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०७६, बुधबार २०:१५
3
Shares

विराटनगर / नेपाली सेनालाई साधन सम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद व्यवस्थापनमा सहज हुने आज आयोजित अन्तरक्रियामा सहभागीहरुले सुझाव दिएका छन् ।

नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रवुद्ध व्यत्तिहरुसँगको अन्तरक्रिया कार्यक्रमा सहभागीहरुले सैनिक विद्यालय हिमाल,तराई रपहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनु पर्ने आवश्यक्तामा जोड दिएका छन् ।

पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्यगरिरहेको जानकारी दिदै कानून दिएको अधिकार अनुसार आपतकालिक स्वास्थ्य सेवा, सर्पदँश सेवाको पहुंच विस्तार गरिने वताए । उनले नेपाल सरकारको सन् २०२० पर्यटन वर्ष, प्रदेश सरकारको एकघर एक फलफका विरुवा कार्यक्रममा सेनाले समन्वय गरी कार्यगरिरहेको बताए ।

महासेनानी इश्वरकुमार श्रेष्ठले नागरिक समाजसँगप्रगाढ सम्वन्ध स्थापना गर्न तथा सेनामा भएका कमीकमजारी, गुनासाहरुलाई सम्वोधन आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गर्ने बताए ।

सूर्यदल गणका गणपति प्रमुख सेनानी रघु पौडेल यस क्षेत्रमा विपद व्यवस्थापनका लगायत छात्राहरुलाई आत्मरक्षाको तालीम प्रदान गर्दै आएको जानकारी दिए ।

सो अवसरमा प्रदेश नं २ मा बारा र पर्सामा चैत महिनामा आएको हावाहुरीमा स्थानीय जनतालाई सेनावाट उद्धारमा गरिएको वित्तचित्र र मैथली भाषाको ‘अप्पन प्रस्तुत’ लखुचित्र प्रदर्शन गरिएको थियो ।

पृतनापति कार्कीले सेना सम्पन्धी रेडियो कार्यक्रम प्रशारण गरेकामा विराटनगरका कोशी र नागरिक एफएमलाई प्रशंसा पत्र प्रदान गरे ।

सेनाले यस अघि प्रदेश नं २ का पाँज जिल्ला यस्ता कार्यक्रम गरिसकेको छ भने प्रदेश नं १ पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर