AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल बाल सेवा सदनलाई प्याब्सन मोरङको सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार १८:३८
3
Shares

२४ पुस, विराटनगर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको २७ औं स्थपना दिवसको अवसर पारेर  प्याब्सन मोरङले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

प्याब्सनले विराटनगर– १७ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनमा आईतबार साँझ कार्यक्रम आयोजना गरी सुत्ने ‘म्याट्रेस’ तथा बालवालिकालाई भोजन गराएको हो ।

प्याब्सन मोरङका अध्यक्ष बासुदेव न्यौपानेले सदनका संस्थापक अध्यक्ष सीता पोखरेललाई ५० हजार मुल्यबढीकोे ‘म्याट्रेस’ हस्तानतरण गरेका थिए । पछिल्लो समयमा जाडो बढेरहेको अवस्थालाई मध्यनजर गर्दै सेवामा रहेका बालवालिकालाई न्यानो पार्ने उद्देश्यले सुत्ने एक दर्जन बढी ‘म्याट्रेस’ वितरण गरेको अध्यक्ष न्यौपानले बताए ।

सोही अवसर पारेर प्याब्सन मोरङको क्षेत्र  नं. ७ र ८ को संयुक्त आयोजनामा उर्लाबारी–४ स्थित नमूना बाल गृहलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गृहलाई नगद ५० हजारका साथै थप २० हजार बराबरको खाद्यान्न तथा स्टेशनरी सामग्री प्रदान गरियो ।

प्याब्सनका उक्त दुवै क्षेत्रका विद्यालयका सञ्चालक, प्रिन्सिपल लगायतको उपस्थितिमा भएको कार्यक्रममा गृहकी अध्यक्ष मीना बरालले प्याब्सन क्षेत्र नं. ७ र ८ लाई रू. २५/२५ हजार प्रदान गरे वापत संस्थाको मानार्थ सदस्यता प्रदान गरीने । कार्यक्रममा क्षेत्र नं. ७ र ८ का संयोजक क्रमशः सुरेन्द्र लिम्बू र भूवन श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा पार्लेन्स इन्टरनेशनल एकाडेमी उर्लाबारी–४ का संस्थापक/प्रिन्सिपल हेमचन्द्र भट्टराईले विद्यालय तर्फबाट नगद रू १० हजार प्रदान गरी गृहको सदस्यता लिने घोषणा गरे । कार्यक्रम प्याब्सन मोरङका सहसचिव सुवास राईको अध्यक्षता र लेखा समिति सदस्य गोपालप्रसाद रिमालको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर