पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका १३ खनार सोमबारे स्थित धरान विराटनगर सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
आज बिहान धरानबाट विराटनगरतर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोही स्थानमा रहेको जुटमिलमा हेल्पर काम गर्दै आएका मोरङको रतुवामाई नगरपालिका ७ का ३४ वर्षिय मंगलसिहं दमाईलाई सोही दिशातर्फ साईकलमा जादै गर्दा ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते दमाईलाई उपचारको लागी कोशी अञ्चल अस्पताल विराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।