पूर्वाञ्चल खबर
विराटनगर / आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा आज ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ मञ्चन भएको छ ।
श्री श्री रविशंकर विद्या मन्दीर विराटनगरले महोत्सवको नवौँ दिनमा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा नाटक मञ्चन गरेको हो । प्रशिद्ध साहित्यकार रविन्द्रनाथ टैगोरद्धारा लिखित नाटक स्कूल शिक्षिका सिमा अग्रवालले निर्देशन गरेकी हुन् ।
नाटकमा अभिनय गर्ने कलाकारहरुलाई प्रदेश १ का प्रदेश सभा सदस्य सावित्रा रेग्मीले खादा ओडाएर सम्मान गरीन् भने आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले मायाको चिनो प्रदान गरे । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भाद्र २० गतेदेखि विद्यालय नाटक महोत्सव भोली आइतबार समापन हुँदैछ ।