पूर्वाञ्चल खबर
विराटनर / दोस्रो संस्करणको मिस्टर एण्ड मिस थारू आइनको फाइनलमा पुगेका ३२ जना प्रतियोगिहरूलाई महिला स्वास्थ्य सम्बन्धी सचेतना मूलक प्रशिक्षण गरेका छन् ।
आगमी असोज १७ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका २१ जना किशोरी ११ जना किशोरलाई स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो ।
उनीहरूलाई मोरङ सहकारी अस्पतलामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले स्वास्थ्य सम्बन्धी जानकारी गराएका थिए । डा. साहले महिलाहरूमा हुने स्वास्थ्य सम्बन्धीहरुका बारेमा जानकारी गराए । किशोरीहरूलाई महिनावरी, बालबिवाहका जटिलताहरु, आङखस्ने समस्या, थाईराईडले महिनावारी तथा गर्भमा गर्ने असर तथा गर्भपतन लगायतको बारेमा जानकारी गराएका थिए ।
महिनावारीका कारणले ८० प्रतिशत महिलाहरुले पिडा महशुष गर्ने गरेको र ९७ प्रतिसत किशोरीहरु यसलाई पिडाका रुपमा लिने गरेको तथ्याङ्कले देखाएको डा.साहले आफ्ना प्रशिक्षणमा बताए । डा.साहले महिलाहरुले महिनावारीका समयमा महिलाहरुले शारिरिक वा स्वास्थ्य समस्या भन्दा पनि समाजिक र मानसिक तनाव बढि महशुष गर्ने भएकाले यसलाई कम गर्न अहिलेका युवाबर्गको सक्रिय हुनुपर्ने, महिनावारी सम्बन्धि अन्धविश्वासलाई चिर्न अग्रसर हुन आग्रह पनि गर्नु भयो ।
नेपालमा बालबिबाह गैरकानुनी भए तापनि बालविबाह हुने गरेको छ । यसले बिशेषतः महिलाको स्वास्थ्यमां असर गर्छ नै तर शैक्षिक र रोजगारका अवसरमा प्रत्यक्ष गर्ने भएकाले यसबारे आफ्नो समुदाय र समाजलाई सजग बनाउन सहभागीहरुलाई समाजमा अगुवाको भुमिका गर्दै अगाडि बढ्न सहभागिलाई प्रेरित गराए ।
नेपालमा सुरक्षित गर्भपतनका सेवा नेपालमा हुदाहुदै पनि असुरक्षित गर्भपतन हुने गरेको र यसैको कारणले ७ प्रतिशत मातृ मृत्यु हुने गरेकाले असुरक्षित गर्भपतनको जटिलताहरु माथि प्रकास पार्दै यसलाई रोक्न युवाबर्गले नेतृत्वकारी भुमिका खेल्नुपर्ने सुझाव पनि दिए । असुरक्षित यौनव्यहारबाट जोगिने र परिवार नियोजनका साधन प्रयोग गर्नाले अन्ईच्छित गर्भ नरहने र गर्भपतन गराउन नपर्नेमा जोड दिदै गर्भपतन गराउन आवश्यक परेको अवस्थामा सुचिकृत संस्थामा मात्र सेवा लिनुपर्ने सन्देश छर्न आवश्यक रहेको डा.साहले बताए ।
थारू कला संस्कृतिको जगेर्ना गर्नुको साथै थारू सामुदायका किशोर किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षणमा छन् । बन्द प्रशिक्षण्मा विभन्नि क्षेत्रका विज्ञहरुबाट व्यतित्व विकासदेखि आफनो कला साँस्कृतिको बारेमा जानकारी गराउँदै आएको थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० र सेकेण्ड रनरअपले २० हजार रुपैयाँको साथै गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।