पूर्वाञ्चल खबर
विराटनगर / मोरङको लेटाङ नगरपालिका ३ कृतिमान चिसाङ्ग खोलामा अबैध रुपले मिस गिटी उत्खनन गर्ने दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।
प्रहरीले मिस गिटी उत्खनन गर्दै गरेको अबस्थामा ना ६ त ५२२२ र को २ त ८८४३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उत्खनन कार्यमा संलग्न भएको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाउने मोरङ प्रहरीले जनाएको छ ।