पूर्वाञ्चल खबर
झापा / झापाको बारदर्शी गाउँपालिका ५ पिपल चौक का ४४ वर्षिय पूर्णबहादुर बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा खुकुरी,कोदालो,खुर्पि, फलामको अन्य सामान बनाउने काम गर्दै आईरहेका बिकलाई आज विहान साढे ११ बजे खुर्पि बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नोट खुस्कि करेन्ट लागी घाईते भएका थिए। घाईते उनलाई उपचारको लागी तत्काल लागी विर्तासिटी अस्पताल विर्तामोड ल्याएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।