RUMPUM
animated ellipse animated ellipse

चेलिबेटी बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७६, शनिबार १८:१०
3
Shares

विराटनगर/ अम्वे मुरारी सेवा केन्द्र, विराटनगरले समुदाय (प्रहरी साझेदारी कार्यक्रममार्फत चेलिबेटी बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर ८ स्थित गिता मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय रुपमा चेलिबेटी बेचबिखनकोे पछिल्लो तथ्यांक र संलग्नहरुले चेलीबेटी बेच्न बनाउने योजनाका सन्दर्भमा सचेतना कार्यक्रम संचालन भएको हो।

कार्यक्रममा मोरङ प्रहरी प्रमुख बिश्वराज अधिकारीले आधुनिक युगको सिको गर्ने बहानामा भित्रिएका प्रविधि र अन्जानमा भएका संगतका कारण चेलिबेटी बेचबिखनको जालो फैलिएको बताउँदै सचेत बन्न आग्रह गरेका थिए ।

माइती नेपालका प्रतिनिधि विनोद पोखरेलले चेलिबेटी बेचबिखनको पछिल्लो अवस्था, जोखिम र चेतनाका विविध पक्षमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

समाजसेवी मिना जोशिको अध्यक्षतामा भएको कार्यक्रममा भारती पोखरेल, वेनिगोपाल मुन्दडालगायतले चेलिबेटी बेचबिखन रोक्न सबै तहमा हातेमालो हुनु आवश्यक रहेकोमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर