AArya
RUMPUM
animated ellipse animated ellipse

गुणस्तरीय शिक्षा प्रदान गरी बजारमा सहजै विक्ने विद्यार्थी उत्पादन गर्न मन्त्री पण्डित आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७६, शुक्रबार २०:२१
3
Shares

विराटनगर / शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी उत्तीर्ण प्रतिशत वृद्वि गर्नु पर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।

विराटनगर –११ मा रहेको जनपथ माध्यमिक विद्यालयको चार कोठे भवनको आज उद्घाटन गर्दै मन्त्री पण्डितले शिक्षकको ध्यान भवन होइन गुणस्तरीय शिक्षा प्रदान गरी बजारमा सहजै विक्ने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

अव आवश्यक्ता अनुसाको विद्यालयमा शिक्षकको कुनै कमि नहुने बताउँदै मन्त्री पण्डितले तीन तहको सरकारले विद्यालयलाई भौतिक पूर्वाधार निर्माण गर्ने बताए ।
विद्यालयको शौचालय तथा अन्य कार्यका लागि आगामी एक हप्ताभित्र २५ लाख उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पण्डितले लक्ष्मीनारायण संस्कृत विद्यालयका लागि ४० लाख र विराटनगर–१२ वखरीकोको विद्यालयलाई चार कोठे बनाउने जानकारी समेत गराए ।

विद्यालयका पूर्व आर्थिक संयोजक पर्शुराम बस्नेतले विद्यालयमा गरिएको लगानीले समाज जागरुक हुनुका साथै जनताले प्रत्यक्ष देख्ने बताए ।

मन्त्री पण्डितको संसदीय क्षेत्र विकास कोषको ५१ लाख रकमवाट विद्यालयमा १ हजार ८ हजार स्क्वायर मिटरमा दुईतल्ले चार कोठे भवन निर्माण गरिएको हो ।

सोही अवसरमा ९ लाखको लागतमा नमूना विज्ञान प्रयोगशाला, ५ लाखको लागतमा स्वच्छ खानेपानी र ६ लाखको लागतमा पुस्तकालय भवनको पनि मन्त्री पण्डितले उद्घाटन गरे ।

विस २०२० मा स्थापित उक्त विद्यालयमा शिशु कक्षादेखि १२ सम्म अध्यापन हुदै आएको छ । कक्षा आठसम्म अंग्रेजी माध्यमवाट पठनपाठन हुने विद्यालयमा एक हजार तीन सय विद्यार्थी अध्य्यनरत रहेका विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर