पूर्वाञ्चल खबर
विराटनगर / तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारीले कार्य गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेशस्तरीय अन्तर समन्वय तथा विकास सम्वन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्री पण्डितले जनतालाई सहज ढंगले सेवा पुर¥याउन ३० हजार कर्मचारीको दरवन्दी वृद्धि भएको र तिहार पछि प्रशासनिक क्षेत्रका कर्मचारी कार्यक्षेत्र जाने जानकारी दिए ।
‘करारमा कर्मचारी भर्ना गर्नु भनेको मुलुकमा ठूलो दुर्घटना हुने भन्दै मन्त्री पण्डितले करारमा कर्मचारी भर्ना गर्दा साधारण खर्च वृद्धि गरी विकास खर्च शुन्य हुने बताए ।
नेपालमा कर्मचारी समायोजना छोटो समायोजना भएकोमा विश्वका विभिन्न मुलुकमा राजदूतहरुले आफूलाई जिज्ञासा राख्ने गरेको र कसरी सम्भव भएको प्रश्न गर्ने गरेको मन्त्री पण्डितले बताए ।
विगतको जस्तो कर्मचारीहरुलाई अव प्रशिक्षण नहुने जानकारी दिदै मन्त्री पण्डितले जनप्रतिनिधिहरुको माग र आवश्यक्ता अनुसार तालीम सञ्चालन गरिने बताए । उनले प्रतिष्ठानलाई सातै प्रदेश र सङ्घीय गरी आठ बटा वनाउने बताउँदै विदेशी संस्थाले गर्ने तालीम तथा प्रशिक्षण परराष्ट्र मन्त्रालयको अनुमतिवाट मात्र हुनसक्ने बताए ।