AArya
RUMPUM
animated ellipse animated ellipse

अष्ट्रेलियाको भ्रमण सकाएर फर्किए मेयर पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ भाद्र २०७६, बुधबार १९:५६
3
Shares
विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुली अष्ट्रेलियाको भ्रमण सकाएर आज विराटनगर फर्किएका छन् । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको निम्तोमा त्यसतर्फ गएका पराजुली १० दिन पछी नेपाल फर्किएका हुन् । एनआरएनएको मेलबोर्नमा सम्पन्न भएको ८ औ समारोहमा उनले नेपालको तर्फवाट सहभागिता जनाएका थिए ।

विराटनगर फर्कने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै मेयर पराजुलीले अष्ट्रेलियामा रहेका नेपालीसँग विराटनगरको विकासका वारेमा छलफल भएको जानकारी दिए । विराटनगरमा आधुनिक बृद्धाश्रम निर्माणका लागि एनआरएनएले पूर्णरुपमा सहयोग गर्ने साथै विराटनगरका विकासमा सहयोग गर्ने विराटनगर वासी अष्ट्रेलियामा रहेका नागरिकहरुले प्रतिबद्धता जनाएको पराजुलीले बताए ।

भ्रमण फलदायी भएको र राम्रा पक्षहरु नेपालमा लागु गर्न सकिने बताए । पराजुलीले यस अघि अमेरिका ,मलेसिया,चीनलगायतका देशको भ्रमण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर