AArya
RUMPUM
animated ellipse animated ellipse

गुणस्तर शिक्षाको निति अन्तिम चरणमा – मन्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ भाद्र २०७६, बुधबार १८:२२
3
Shares
विराटनगर / उच्च र विद्यालय शिक्षामा गुणस्तर सुधार ल्याउन संघीय शिक्षा निति अन्तिम अवस्थामा पुगेको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज विराटनगरमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानको उद्घाटन गर्दै मन्त्री पोखरेलले अभिभावक , शैक्षिक विज्ञसंगको लामो छलफल पश्चात उक्त नीति निर्माण गर्न लागिएको बताए ।

आज हुने मन्त्रीपरिषदको बैठकले शिक्षक दरवन्दी बितरण सम्वन्धमा निर्णय टुङ्ग्याउने जानकारी दिदै मन्त्री पोखरेलले पालिकातहमा दरवन्दी पुनः वितरण नयाँ प्रक्रिया शुरु गरिने बताए ।

नेपाल शिक्षक आयोग उत्तीर्ण शिक्षकवाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्दै मन्त्री पोखरेलले स्थानीय पालिका तहमा विषयम रुपमा अपुग शिक्षक स्थानीय स्तरमा दरवन्दी गरिने जानकारी दिए ।

मन्त्री पोखरेलले हाम्रो शिक्षालाई पूर्वाधारको पूर्वाधार र भोलिको ५० प्रतिशत मेसिनले गर्ने कार्यको आधारमा हुनुपर्नेमा जोड दिए । सामूदायिक विद्यालय स्वायत्त संस्था भएकोले नजिताको आधारमा अनुदानको व्यवस्था भएका स्तरीय पठनपाठनको पक्ष मजवुत हुने मन्त्री पोखरेलले बताए ।

प्रदेश अन्तर्गतका १४ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले आ–आफ्नो विद्यालयले गरेको कार्यको प्रस्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर