पूर्वाञ्चल खबर

बास्केटबल खेललाई ग्राँसरुटबाट अगाडी बढाउनको लागी आयोजना गरिएको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोगिताको उपाधि सगरमाथाले हात पारेको हो ।
त्यसैगरी उपविजेता विराट चोकको ब्राईट फ्यूचर स्कूल भएको छ । प्रतियोगितमा मोरङका १२ वटा टिमको सहभागिता रहेको थियो । विजेता टिमलाई ट्रफि , मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्राईट फ्यूचरका सौगात प्रसाई भएको, खेल संयोजक विवेक बस्नेतले जानकारी दिए । प्रतियोगिता विराटनगरको मेरील्याण्ड कलेजको प्राङगणमा भएको हो ।