AArya
RUMPUM
animated ellipse animated ellipse

१९ लाख ८० हजार ठगि गरेको आरोपमा लिम्बु पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७६, बिहीबार २१:०१
3
Shares
विराटनगर / १९ लाख ८० हजार रूपैयाँ ठगि गरेको आरोपमा एक जना एजेन्ट पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै ठगि गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–५ घर भइ काठमाण्डौंस्थित टोखामा बस्दै आएका ५० वर्षीय कूलबहादुर लिम्बू आज पक्राउ परेका हुन् ।

सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकी गरि १४ जनालाई इजरायल पठाइदिने भन्दै ठगि गरेका थिए ।

लिम्बुले १४ जनासँग प्रति व्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद संञ्जेलले बताए । ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म रहेका छन् ।

ठगिनेमा लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, सोही ठाउँका रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बू रहेका छन् । नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर भान्जा हुन् ।

कूलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर