AArya
RUMPUM
animated ellipse animated ellipse

उपभोक्ता समिति मार्फत गराईने विकास निर्माणको कामलाई निरुत्साहित गरिनुपर्छ – मन्त्री आङ्बो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०७६, बुधबार १५:४७
9
Shares
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर / प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उपभोक्ता समिति मार्फत गराईने विकास निर्माणको कामलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको दुइदिने बार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले उपभोक्ता समिति मार्फत गरिने निर्माण काममा विकृति भित्रिएको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।

उपभोक्ता समिति गठन गरेर निर्माण कार्य गर्ने भनिएपनि अधिकांश समितिले अधिकांसकाम ठेकदार मार्फत गराउने गरेको उनको भनाई थियो । उपभोक्ता समितिवाट भएका कतिपय काममा विवाद आउने गरेको पाइएको उनले वताए । मन्त्री आङवोले स्थानिय तहमा हुने कतिपय काममा राजनितिक दलका नेता तथा कार्यकर्ता उपभोक्ता समितिमा अध्यक्ष र सदस्य रहने गरेकाले मापदण्ड पुरा नभएपनि योजना पास गराउँन स्थानिय निकायका प्रमुख तथा इन्जिनियरलाई दवाव आउने गरेको वताए ।

मन्त्री आङ्बोले ठुला परियोजनाहरुकालागि तयार गरिने डिपिआरमा समेत समस्या देखिएको बताउनुहुंदै इन्जीनियरहरुले डिपिआर तयारगर्दा थप उत्तरदायी हुनुपर्ने बताए टेन्डर मार्फत निकालिने ठेक्कामा ठेकेदारहरुले ६२ प्रतिशतसम्म बिलोमा टेन्डर सकार गरेको पाइएकाले टेन्डर जारी गर्नु अघि इन्जीनियर र प्राबिधिकहरुले मिलेर र त डिपि आर तयार गर्ने गरेको भन्ने प्रश्न उठेको उनले बताए ।

कुनैपनि ठेकेदारले शिलवन्दी ठेकामा ६० प्रतिशत विलो हालेर कसरी ठेक्का कवुल गर्ने मंत्री आङवोले घरबाट घाटा खाएर टेन्डर स्वीकार गर्न नसक्ने ठोकुवा गर्दै डिपिआर बनाउने क्रममा केहि कमि कमजोडी भएको त छैन त्यसतर्फ सम्बन्धित इन्जीनियर जिम्मेबार हुनुपर्ने वताए । उनले विगतमा जे भएपनी अवदेखि वजेट कार्यान्वयनका लागी समय तालिका वनाएर कामगर्नुपर्नेमा जोड दिए । कामको सम्पादनले सरकारले कर्मचारीको मुल्याकंन गर्ने भएकाले सरकारको लक्ष्य पुरागर्नेतर्फ लाग्न कर्मचारीलाई उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर