AArya
RUMPUM
animated ellipse animated ellipse

भ्रष्टाचार तथा अनियमितता गरे कसैलाई पनि नछाड्ने : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०७६, मंगलवार १७:०७
3
Shares
विराटनगर /प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गत अर्थिक वर्षको कामको सम्पादन गर्ने उदेश्यले विराटनगरमा आज आयोजित समिक्षा गोष्ठिलाई संवोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको लक्ष्य अनुरुपम चालुु आर्थिक वर्षको आगामी जेठ–१५ गतेभित्र सवै विकास निमार्णका योजना सम्पन्न गर्ने गरि योजना वनाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले विगतका वर्षहरुमा संघियता कार्यान्वयमा आएको चुनौतीका कारण कामले गति लिन नसकेको भन्दै अहिले कर्मचारी समायोजन , आवश्यक निर्देशिका तथा विभिन्न जिल्लामा प्रदश स्तरिय कार्यालय स्थापना तथा वजेटको समेत पर्याप्त व्यवस्था भइ सकेकाले अव काममा अलमल गर्न नहुने उल्लेख गरे ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालयमा प्रदेश सरकारको ५० प्रतिशत वजेट विनियोजित गर्दै आएको र यो मन्ंत्रालयसंग सडक , पुल , खानेपानी तथा भौतिक पूर्वाधार जस्ता प्रत्यक्ष जनतासंग जोडिएका योजनाहरु रहेकाले यो मन्त्रालयको सफल्तासंग प्रदेश सरकारको सफल्ता जोडिएको वताए ।

मुख्यमन्त्री राईले भ्रष्टाचार तथा अनियमितताका कुनैपनि कुरा आफुलाई सह्य नहुने वताउदै प्रदेशका कुनैपनि कर्मचारीले भ«ष्टाचार र अनियमिता गरेको फेला पारेका त्यस्ता कर्मचारीलाई ठाउँको ठाउँ कार्वाही गर्ने समेत वताए ।

मुख्यमंत्री राईले निमार्णकाृ ठेक्का पाएका कम्पनीले सेटिङ मिलाउने नाममा माथी देखि तलसम्म घुस दिने कुरा आफुलाई सुन्नमा आएको उल्लेख गर्दै त्यस्तो पाइएमा मन्त्री , सभासद् जो सुकैहोस कार्वाही गर्न आफु नचुक्ने दावी गरे । उनले प्रदेशमा भइरहेको विकास निमार्णको अनुगमन र प्रभावकारी कार्यान्वयनका लागी अधिकार सम्पन्न आयोग वनाउन लागेको वताए ।

कार्यक्रममा प्रदेश न १ का आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोले समग्र प्रदश सरकारको मुल्याकंनको आधार भौतिक पूर्वाधार मन्त्रालय रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर योजना वनाउनुपर्ने वताए् । मन्त्री आङ्वोले गतवर्षको मन्त्रालयको वितिय र भौतिक प्रगती सन्तोषजनक रहेको भन्दै चालु आर्थिक वर्षमा अझै यसलाई दोव्वर वढाउनु आवश्यक रहेको वताए ।

प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारी , भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका निमित्त सचिव राजेसप्रसाद घिमिरेले पूर्वाधार तथा विकास निमार्णमा जोड दिए ।

दुई दिनसम्म चल्ने सो गोष्ठिमा मन्त्रासयसंग आवद्ध प्रदश १ का ४३ वटा कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर