पूर्वाञ्चल खबर
प्रदर्शनीमा कक्षा ४ देखि कक्षा ९ सम्मका स्वत स्फुर्त क्रियासिल विद्यार्थीहरुद्वारा चारवटा मौसमहरुको छुट्टाछुट्टै स्टलहरुमा मौसम विशेष फलफूल, खाद्यसामाग्रीहरु, कपडाहरु, चाढ–पर्व तथा जात्राहरु, विधिन्न मौसमजन्य रोगहरु साथै तिनका रोकथामका उपायहरु जस्ता अनेकौं सामाग्रीहरुको नमुना समेत विद्यालयको प्राङ्गणमा तयार पारिएको स्टलमा सजावटका साथ राखिएको स्कूलले जनाएको छ ।
स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले यस्तो प्रकारको प्रदर्शनीले विद्यार्थीहरुको रचनात्मक क्षमताको विकास गर्नमा सहयोग गर्नुको साथै विद्यार्थीहरुको “गरेर सिक्ने” क्षमताको समेत अभिवृद्धिहुने कुरा जनाउदै उक्त प्रर्दशनीलाई सफल पार्न विषेश भुमिका निर्वाह गर्ने शिक्षकहरु विनोद चौधरी, अमित गिरी, बालकृष्ण भट्टराई लगायत सबै सहयोगी शिक्षक तथा विद्यार्थीहरुलाई धन्यावाद व्यक्त गरे ।