AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पौडेलसहित चार जनालाई दुईवर्ष कैद सजाय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७३, बुधबार १९:२४
3
Shares

२० पुस, बिराटनगर / उच्च अदालत विराटनगरले नेपाली काँग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलसहित चार जनालाई दुईवर्ष कैद सजाय र पच्चीस हजार रुपिँया जरिवानाको फैसला सुनाएको छ ।

इटहरी उपमहानगरपालिका–२ निवासी पौडेलसहित सूर्य काँडे भनिने सूर्य राई, इटहरीका अजित श्रेष्ठ र रोशन तामाङ विरुद्ध २०७९ कार्तिकमा इटहरी–८ का युवा दुर्गा अधिकारीलाई अपहरण गरि बन्धक बनाएर मानसिक यातना दिई दुईलाख ५० हजार फिरौती असुलेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

उनीहरु विरुद्ध मानव अपहरण तथा शरीर बन्धक मुद्दाको सुनुवाई गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायधिश तेजबहादुर केसी र न्यायधीश विदुरबिक्रम थापाको संयुक्त इजलास फैसला गरेको हो । जिल्ला अदालत सुनसरीले उनीहरु विरुद्ध गरेको यसै मुद्दामा तोकिएको तीनवर्ष ६ महिना सजायमा एकवर्ष ६ महिना कम गर्दै उच्च अदालतले चारैजना अभियुक्तलाई दुई वर्षको कैद सजाय सुनाएको हो ।

जरिवानाको हकमा भने उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

फैसलामा भनिएको छ ‘सुनसरी जिल्ला अदालतको ६ माघ २०७२ को फैसला सोहदसम्म नमिलेको सोही दफाको अन्तिम वाक्यांश बमोजिम अन्य उद्देश्यले अपहरण गरेको र शरिर बन्धक राखेको कसुरको उधोगमा दुई बर्ष कैद हुन्छ । पच्चीस हजार जरीवना गरेको हदसम्म सदर रहने ठर्हछ’ ।,

रजिष्टार रेग्मीका अनुसार अभियुक्त पौडेल र कार्यकर्ता सुर्य राई सहित सुनसरी ईटहरीककै अजित श्रेष्ठ र रोशन तामाङलाई सुनसरी अदालतले पच्चीस हजार जरीवना सहित तीन बर्ष ६ महिना कैद सुनाएको थियो । उनीहरु विरुछ २०७१ फागुन २८ गते जिल्ला अदालत सुनसरीमा अपहरण तथा मानव शरिर बन्धक विरुद्धको मुद्दा पीडित अधिकारीले दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर