पूर्वाञ्चल खबर
विराटनगर / उदयपुर जिल्लाका दुई गाउँपालिकाका बाढीपहिरोवाट उत्पन्न भएको खाद्यान्न संकट समाधानका लागि आज हेलिकोप्टरबाट खाद्य सामाग्री त्यसतर्फ प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पठाएका छन् ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष समेत रहेका मन्त्री कार्कीको अध्यक्षमा हिजो बसेको वैठकले उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा सडक सम्पर्क टुटेकोले स्थानीय जनता भोकभोकै वस्नु पर्ने अवस्थालाई अन्त्य गर्न एक हप्ताका लागि पुग्ने ८ हजार १० केजी चामल, १९५० केजी रहर दाल, ५०० लिटर तेल र ५०० केजी नून पठाउने निर्णय भएको थियो ।
सो निर्णय अन्तर्गत आज विराटनगर विमानस्थलमा मन्त्री कार्कीले पहिलो खेपवाट २ हजार १० केजी चामल, १८० केजी रहर दाल, १२० लिटर खानेतेल र १५० केजी नून उदयपुरको ताप्ली गाउँपालिकाको रुपाटारका नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न पठाएका हुन् ।
आज दिनभरिको चार उडानवाट उक्त दुई गाउँपालिकामा निर्णय भएअनुसारको खाद्यान्न पठाउने भएको छ । दुई गाउँपालिकाको अनुरोध र प्रदेश सरकारले संङ्घीय सरकारसंगको सहकार्यमा नेपाल खाद्य संस्थान मार्फत उक्त सहयोग पठाइएको मन्त्रीले कार्कीले वताए ।
वाढी पहिरोले त्यस गाउँपालिकामा पुग्ने सडक सम्पर्क टुटेकोले तत्काल खाद्य संकट समाधानका लागि एक हप्ताको निम्ति राहत खाद्यान्न पठाएको मन्त्री कार्कीले वताए ।
स्थानीय निकाय, संघीय सरकार र प्रदेश सरकारको सहयोग अवरुद्ध सडक खुलाउने कार्य शुरु गरिसकिएको जानकारी मन्त्री कार्कीले गराए ।
लिम्चुङवु गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले १४ हजार जनसंख्या रहेको उक्त गाविसमा सडक सम्पर्क टुटेकोले खाद्यान्न संकट उत्पन्न भएकोले समाधानका लागि प्रदेश सरकारलाई अनुरोध गरेको उनले वताए ।
उक्त गापा पाँच सय परिवार विस्थापित, तीन सय घर भत्केको र चार सय जना बाढीपहिरोवाट प्रभावित भएको मन्त्री कार्कीले जानकारीे दिए ।उनले उदयपुरको गाईघाटवाट मुर्कुची, हेलेसी , फोक्सीङटार, वलम्ता र वराह सडकको सम्पर्क गाउँपालिकावाट टुटेको छ भने कटारीवाट वेतैनी, इनामी र वराह सडकमा यातायात सञ्चालन हुन नसक्ने भएको छ ।
गाईघाटवाट उक्त गाउँपालिका पुग्न ७५ किलो मिटर छ भने कटारीवाट ९५ किलोमिटर रहेको छ ।