पूर्वाञ्चल खबर
काठमाडौँ /लोकप्रिय गायिक रिता केसीले यस बर्षको तीज गीत ‘छड्के नजर’ सार्वजनिक गरेकी छिन् । उनले सो गित आफ्नै युट्यूव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।
यसोदा थापा ‘यशु’को शब्द तथा राजन कार्कीको संगीतमा तयार भएको ‘छड्के नजर’ बोलको गीतमा रिताको स्वर रहेको छ । राम कुमार केसीको छायांकन रहेको भिडियोको टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । प्रकाश भट्टको निर्देशन रहेको गीतमा रिता आफैले अभिनय पनि गरेकि छन् भने अभिनयमा उनलाई मनोज ओलीले साथ दिएका छन् ।
गीतमा श्रीमान्संग तीजको समयमा माइती घर जान दिनका लागी अनुरोध गरिएको मौलिक कथा बस्तुलाई शब्दमा उतारिएको छ, भने उत्कृष्ट नृत्य पनि प्रस्तुत गरिएको छ ।