पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा ओबी मिडिया प्रालिले “ओबी लर्निंङ स्टूडियो” सञ्चालनमा ल्याएको छ ।
हाल पहिलो कोर्षको रुपमा यूवाहरुमा लोकप्रिय रहेको “फोटोग्राफी” कोर्ष सञचालन गर्न लागिएको छ । ६० घण्टाको उक्त कोर्षमा बिद्यार्थीहरुलाई फोटोग्राफी समन्धी सम्पूर्ण ज्ञान र सिप दिइने ओबी मिडियाका निर्देशक सरोज लम्सालले जानकारी दिए ।
श्रावन १० गतेबाट उक्त कोर्ष सञ्चालन गर्न लागिएको लम्सालले जनाकारी दिए । फोटोग्राफीमा विद्यार्थीले साधारण ज्ञान देखि व्यवाहारिकरुपमा फोटोग्राफी सिक्न सक्ने छन् ।
ओबी लर्निंङ स्टूडियोले विभिन्न रोजगार मुलक कोर्षहरु पनि सञ्चालनमा ल्याउने उनले बताए । ओबी लर्निंङ स्टूडियो विभिन्न मिडिया समन्धी , लाइफ स्किल्स , रोजगारी क्षेत्रका सिपलगायतका विषयमा केन्द्रित भएर विद्यार्थी पढाउने थलोको रुपमा रहने छ ।