पूर्वाञ्चल खबर
विराटनगर / प्रतिबन्धित लागूऔषध सहित झापा र मोरङबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
मोरङको केरावारी गाउँपालिका १० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजासहित सोही ठाउँ बस्ने १८ वर्षिय गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो । आज विहान शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला परि दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।
त्यसैगरी झापाको मेची नगरनगरपालिका ६ भन्सार गेट अगाडीबाट खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको हो ।
लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईनसहित ईलामको सुर्योदय नगरपालिका १० फिक्कलका ३१ वर्षिय अमित लिम्बुर झापा बुद्ध शान्ति गाउँ पालिका ४ का २१ वर्षय किशन बेगालाई पक्राउ गरको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।