पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा १० मा रहेको कोवास कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी तथा स्वागत गरेको छ ।
कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायको २५ औं ब्याचमा ५ सय भर्ना भएको विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकायमा १ सय ५० र व्यवस्थापन संकायमा ३ सय ५० विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।
कलेज व्यवस्थान समितीको अध्यक्ष अजयकुमार दासकोे सभापतित्वमा भएको कार्यक्रमका कलेजका प्रिन्सिपल सुनीलकुमार श्रेष्ठ, कलेजका संस्थापकहरु प्रा.डा.रमेशकुमार अधिकारी र सुमन कालीकोटे तथा कलेजका प्राध्यापक प्रा.डा. धनश्याम श्रीवास्तवलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।
कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए । सोही अवसरमा हिसान तथा आन्तरीक परीक्षामा उत्कृष्ट हुने कक्षा ११ का विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको छ ।