पूर्वाञ्चल खबर
विराटनगर / चट्याङले हानेर ईलाम र झापामा ४ जना घाइते भएका छन् ।
शुक्रवार साँझ ईलामको चुलाचुली गाउँपालिका–३ का ५५ बर्षीय चक्रविर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोवेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ ।
यसैगरी झापाको बाह्रदशी गाउँपालिका–६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया विना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका हुन् । घाईतेहरुको बि.एण्ड.सी.अस्पताल विर्तामोडमा उपचार भईरहेको झापम प्रहरीले जनाएको छ ।