AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्री हरियाली सामुदायिक वन गणेशमान सिंह राष्ट्रिय सामुदायिक वनको प्रथम पुरस्कारवाट पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार १६:५३
3
Shares
पथरी / मोरङको श्री हरियाली सामुदायिक वन यसवर्षको गणेशमान सिंह राष्ट्रिय सामुदायिक वनको प्रथम पुरस्कारवाट पुरस्कृत भएको छ ।

पथरी शनिश्चरे नगरपालिकामा रहेको सो वनले सामुदायिकवनको दिगो व्यवस्थापनकालागी सो गरिने सवै सुचक पुरा गरेपछि सो सामुदायिक वन यसवर्र्षको प्रथम पुरस्कार पाउन सफल भएको हो ।

सामुदायीकवनले पथरी स्थित कार्यालयमा आज पत्रकार सम्मेलनगरी मुलुकभरीका २३ हजार सामुदायिकवन मध्येवाट हरियाली सामुदायिक वनले पहिलो पटक राष्ट्रिय पुरस्कार पाउन सफल भएको उक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कावुलवहादुर मगरले वताए । केहि दिन अघि काठमाण्डौमा उक्त सामुदायिक वनलाई वन तथा वतावरण मंत्री शक्तिवहादुर वस्नेतले पुरस्कार प्रदान गरेका थिए ।

डिभिजन वन कार्यालय विराटनगरले सो सामुदायकि वनलाई पुरस्कारका लागी सिफारिस गरेको थियो ।

वन व्यवस्थापनका लागी वनमा सरसफाई , वनको क्षेत्रफल विस्तार , वृक्षा रोपण , नयाँ विरुवाको गोडमेल तथा वैज्ञानिक वनको प्रभावकारी कार्यान्वयन तथा वनवाट हुने आम्दानी अनुसार विभिन्न आयमुलक तथा विकास निमार्णका कामहरु सामुदायिकवनले गर्दै आएको अध्यक्ष मगरले वताए ।

२०७१ सालमा सो वन समुदायमा हस्तान्तर भएको थियो । झण्डै २ सय ४६ हेक्टर क्षेत्रफल रहेको सो सामुदायिन वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समेत सञ्चालन हुदै आएको छ । वनवाट सो नगरपालिकाका १ हजार २८ उपभोक्ता सदस्य छन् ।

सव डिभिजन वन कार्यालय पथरी प्रमुख मोहमद्ध अलाउद्धिनले वन विकासको कार्ययोजना अनुसार काम गरेकाले हरियाली सामुदायिकवन मुलुकभरमै प्रथम हुन सफल भएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर