पूर्वाञ्चल खबर
विराटनगर/सिंघीया खोलाको बाढीबाट बिस्थापित भएका विराटनगर–८ बालगोपाल टोलका बाढी पीडित सुकुम्बासी परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालगोपाल टोलका ५० परिवारलाई त्रिपाल वितरण गरेका हुन् ।
प्रदेश सरकारको विपद् ब्यवस्थापन समिति मार्फत उपलब्ध गराइएको त्रिपाल बाढी पीडित सुकुम्बासी परिवारलाई वितरण गरिएको जनाइएको छ । सिंघीया खोलामा आएको बाढीका कारण बिस्थापित भएका सुकुम्बासी परिवार खोला नजिकैको खुला चौरमा पाल टांगेर बसेका छन् ।
प्रदेश सरकारले ७० परिवारलाई ७० थान त्रिपाल वितरण गरेको जनाएको छ ।