RUMPUM
animated ellipse animated ellipse

करेन्ट लागेर दुईको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७६, बुधबार १४:४३
3
Shares

विराटनगर /मोरङको सुन्दरहरैचा नगरपालिका ५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ ।

गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्री मर्मतको लागी गएकोमा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागि विराट नर्सीङ अस्पताल विराटनगर पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ्

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका ८ का १९ बर्षीय अजय मेहेताको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको सुनसरी सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर