AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारको कर नीतिको विरोधमा विराटनगरका व्यापारिकको विरोध प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७६, मंगलवार २०:४०
3
Shares

विराटनगर / नेपाल सरकारको कर नीतिको विरोध गर्दै आज विराटनगरमा प्रदर्शन गरिएको छ । सरकारले बनाएको नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।

सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विराट व्यापार संघको नेतृत्वमा विरोध जनाएका हुन् ।

विराटनगरको बुधहाट चोकमा भेला भई एक दर्जन बढी व्यापारीक संघसस्थाहरुले व्यानर र प्लेकार्ड सहित ¥यालीमा निकालेका हुन् । विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ, मदिरा व्यावसायी संघ, ट्रान्सर्पोट व्यावसायी संघ, नेपाल मुद्रण व्यावसायी संघलगायतको उपस्थित रहेको थियो ।

सहभागीहरुले कामदार माथिको अव्यवाहारीक प्यान नं. खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, ढुवानीमा लगाईएको भ्याट खारेज गर, अब्यहारिक ‘भि.सि.टि.एस.’ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डहरु बोकेर नयाँ कर नीतिको विरोधमा प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालय विराटनगर मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर