RUMPUM
animated ellipse animated ellipse

‘म अघि बढ्छु’ दुई लाख यूवा लाभान्वित नैतिकवान हुने– मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७६, सोमबार १८:२६
3
Shares

विराटनगर / यूवाहरुलाई नैतिकवान वनाउन ‘ म अघि बढ्छु’ कार्यक्रम प्रदेशका १४ जिल्लामा असार ३१ गतेदेखि एकैसाथ सञ्चालन गर्ने प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले दुव्र्यसनीमुक्त समाज, अपराध नियन्त्रण, विपद व्यवस्थामा सहयोगी भूमिकमा स्वयसेवक तयार गर्न प्रदेशका १४ जिल्लामा चरित्रवान एवम् नैतिकवान वनाउनका लागि यूवाहरुलाई असार ३१ देखि ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लवमार्फत अभियान सञ्चालन गर्ने जानकारी दिए ।

अभियानमा कक्षा ९ देखि १२ र १३ देखि १९ वर्ष उमेर समूहका सामुदायिक तथा निजी दुई हजार विद्यालयका दुई लाख विद्यार्थीहरु लाभान्वित हुने मन्त्री कार्कीले वताए ।

अभियानमा दुरदराज, ग्रामीण क्षेत्रका विद्यालयकाका विद्यार्थीहरुलाई सहभागितामा प्राथमिकता दिने भन्दै मन्त्री कार्कीले राजनीतिक, जातिय, धार्मिक सघसंस्थालाई अभियानमा सहभागी नगराउने जानकारी दिए ।
मन्त्रालयका सचिव भरतमणी रिजालले अभियान सञ्चालनका लागि २ करोड ५० लाख वजेट छुट्याएको वताए । प्रदेश १ मा ११ प्रतिशत यूवाहरु दुव्र्यसनी कुलतमा लागेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर