RUMPUM
animated ellipse animated ellipse

क्रिकेट विश्वकप फाइनलमा इंग्ल्यान्डलाई न्युजिल्याण्डले दियो २ सय ४२ रनको लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७६, आईतवार १९:५४
3
Shares

विराटनगर / इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेट प्रतियोगिाताको फाइनलमा उपाधिका लागि न्युजिल्याण्डले घरेलु टोली इंग्ल्याण्डलाई २ सय ४२ रनको सामान्य लक्ष्य दिएको छ ।

लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको छ ।न्युजिल्याण्डका लागि हेनरी निकोलसले ५५ रन बनाउँदा टोम लाथमले ४७ रन बनाए ।

कप्तान केन विलियम्सनले ३० रन बनाउँदा मार्टिन गुप्टिल र जेम्स निसामले समान १९–१९ रन बनाएर आउट भए । इङ्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुंकेटले समान ३–३ विकेट लिए ।
य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर