AArya
RUMPUM
animated ellipse animated ellipse

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७६, सोमबार १९:४४
3
Shares

विराटनगर / प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बाली संरक्षण प्रयोगशालाले ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । तरकारी तथा फलफूल परीक्षणकालागि २५ लाख लागतमा स्थापना भएको प्रयोगशाला आजदेखि सञ्चालनमा आएको हो ।

संघिय सरकारले भारत तथा तेस्रो मुलुकबाट भित्रीने तरकारी तथा फलफूल विषादी प्रयोग नगरी नेपाल प्रवेशमा रोक लगाएपछि प्रदेश सरकारको प्रयोगशाला स्थापना गर्न तदारुकता देखाएको थियो । तर संघिय सरकार आफ्नो निणर्यबाट पछि हटेपछि हतारमा स्थापना गरिएको प्रयोगशालामा नाकामा रोकिएका विदेशी तरकारी परीक्षण हुनेछैन् ।

उपकरण अभाव देखाउँदै तत्कालका लागि भारतबाट आयात हुने तरकारी तथा तरकारीजन्य वस्तुको निकासी नरोक्ने संघीय सरकारको निर्णय आएको भए पनि प्रदेश सरकारले भने झापाको विर्तामोडमा रहेकै क्षमताको विषादी परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो । ल्याबको परीक्षण र प्राविधिकलाई आवश्यक तालिम काठमाडौंबाट आएको प्राविधिक टोलीले ३ दिनसम्म गरेको थियो ।

तालिम सम्पन्न भएसँगै ल्याब पूर्णरूपमा सञ्चालन गर्न सक्ने क्षमतामा रहेको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए ।उपसचिवसहित ६ जना प्राविधिकको दरबन्दी रहेको प्रयोगशालामा पर्याप्त जनशक्तिको व्यवस्था पनि रहेको उनको भनाइ छ । ‘हामीले हालका लागि अन्तरिक बजारमा आएका तरकारीजन्य वस्तुको विषादी परीक्षण गर्ने हो,’ विष्टले भने, ‘बिर्तामोडको क्षमतामै यो प्रयोगशालाले काम गर्छ।’ मन्त्रालयले आगामी आर्थिक वर्ष्भित्र धरानमा पनि सोही क्षमताको ल्याब निर्माण गर्न लागेको छ ।

हालका लागि उक्त ल्याबले अर्गेनो फस्फेट र कार्बामाइडको परीक्षण गर्दछ। विराटनगरको ल्याबलाई अझै ठूलो क्षमताको बनाउन मन्त्रालयले तयारी गरिरहेको विष्टले बताए। ‘हामीले प्रदेशमा एउटा ल्याब अझै ठूलो बनाउनुपर्छ भन्ने उद्देश्यले आगामि वर्षमा ग्यास क्रोमोटोग्रास नामक विषादी परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेका छौं,’ विष्टले भने, ‘त्यसखालको ल्याब हामीले आगामी आर्थिक वर्षको फागुन चैतसम्ममा निर्माण गर्ने लक्ष्य राखेका छौं ।’

प्रदेश १ को बिर्तामोडमा मात्र विषादी जाच्ने प्रयोगशाला छ । विराटगरको सिमावर्ती नाका जोगवनी हुँदै भित्रिने तरकारी जाँच गर्न विर्तामोड पुग्न व्यवहारिक छैन् । विर्तामोड पुग्नुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्न हतार गरेको थियो । रातारात मेहनत गरेर प्रयोगशाला स्थापना गरेपनि तत्काल काम नपाउने अवस्था देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर