RUMPUM
animated ellipse animated ellipse

इजरायल पठाइदिने भन्दै १९ लाख ठगे लिम्बुले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ असार २०७६, बिहीबार २०:१६
3
Shares

विराटनगर / वैदेशिक रोजगारीका इजरायल पठाइदिने भन्दै लेटाङका १४ जना युवा युवतीसँग लाखौं रुपैयाँ ठगी भएको श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ ।

मोरङ लेटाङ नगरपालिका–५ का कुलवहादुर लिम्वुले आफुहरुलाई विदेश पठाउने भन्दै लाखौ रकम ठगि गरेको स्थानिय यूवा तथा यूवतीहरुले आरोप लगाएका छन् । लेटाङ नगरपालिकाका विभिन्न वडाका १४ जना यूवा तथा यूवतीहरुसंग इजरायल पठाई दिन्छु भन्दै कुलवहादुरले १९ लाख रुपैया ठगि गरेको उनीहरुको आरोप छ । विराटनगरमा आज पत्रकार सम्मेलनगरि १४ जना युवा तथा यूवतीसंग १ लाख देखि ३ लाखसम्म रमम सुव्वाले उठाएको वताए ।
तीनवर्ष अघि सवैसंग रकम लिएको उनीहरुको भनाई छ । आफुलाई एकवर्ष अघि इजारायल लाने भन्दै ३३ दिनसम्म भारतको दिल्लिमा राखेर पुन घर फकाई दिएको लेटाङ–५ का खड्ग सुव्वाले वताए । विदेश जाने भन्दै सुव्वालाई २ लाख ८० हजार रकम वुझाएको उहाले वताउनुभयो । ठगिमा परेपछि पैसा र्फिताका लागी श्रम कार्यालय र प्रहरीमा निवेदन दिएको उनीहरुको भनाई छ ।
यहि असार ३ गते ३५ दिन भित्र पैसा र्फिता गर्ने सहमती भएपनि सुव्वाले अन्यत्रवाट कसैलाई लगाएर आफुहरुलाई धम्काउने गरेको खडग सुव्वाले वताए । एकतिर पैसा पनि नदिने उल्टै विभिन्न संघसंस्थमा गएर आफुहरुले उहाँलाई अपहरण गरेको तथा कुटपिट गरेको भन्न गलत प्रचार गर्ने गरेकाले पत्रकार सम्मेलन गर्न वाध्य भएको उनीहरुले बताए । उनीहरुले आफुहरुसंग लिएको रकम तत्काल र्फिता गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर