RUMPUM
animated ellipse animated ellipse

आगोलागीबाट जलेर २ घर नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७६, बुधबार १३:३४
3
Shares
फाइल तस्वीर

धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका २ सान्नेमा मंगलबार राती आगलागी हसँदा २ घर जलेर नष्ट भएको छ ।

दिलबहादुर रायमाझीको घरमा रातको १० बजेको समयमा बिधुतसर्टभइ अचानक आगोलागी हुँदा ढुंगामाटोले बनेको टिनको छानो भएको दुई तल्ले घर, घर भित्ररहेको सर सामान, सुनको गहना १ तोला,५ तोलाचाँदी, खसि ८ वटा, बाख्रा ८ वटा, कुखुरा ५० वटा जलेर पूर्ण रुपमा नष्ट हुँदा करिव साढे ९ लाख मुल्य बराबरको क्षति भएको हो ।

रायमाझीको भाई नारायण रायमाझीको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तल्ले घर, घरमारहेको सम्पुर्ण सामानसहित नगद ५० हजार, सुनको गहना १ तोला,५ तोला चाँदी, कुखुरा २० वटा समेत जलेर पूर्ण रुपमा नष्ट हुँदा अन्दाजी ७ लाख १० हजार मुल्य बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी मारेकटहरेबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उक्त आगो आज बिहान ३ बजेको नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर