पूर्वाञ्चल खबर
पथरी / मदिराले लट्ठ भई जनप्रतिनिधिहरुलाई अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्ने कानेपोखरी गाउँपालिका वडा नं. २, का नेपाली कांग्रेसका नेता तीर्थ कार्कीले माफी मागेका छन् ।
बुधबार गाउँपालिकालाई समय मागेर नेपाली कांग्रेसको टोली गाउँपालिका गएर आउँदा दिनमा यस्तो काम नदोर्याउने बाचा गर्दै जनप्रनिधिहरुसँग माफी मागेको हो । गत स्थानीय चुनावमा वडा नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उमेद्वारी दिई पराजित भएका थिए ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजमती इङ्नाम,वडाध्यक्षहरु सुशिल बुढाथोकी,खड्ग बस्नेत र चरण गुरुङ, वडासदस्य मुना श्रेष्ठको उपस्थीतमा माफी मागेको थियो ।
कार्कीले मंगलबार गाउँपालिकामा पाँचौं गाउँसभा सकिएपछि कार्यपालिका सदस्यहरु र उपाध्यक्ष हलदेखि बाहिर निस्कने क्रममा गाउँपालिकाको गेट भित्र पसि अपशब्द बोल्र्दै जनप्रतिनिधिहरुलाई गालीगलौज गरेका थिए । तिमीहरु नोकर संग बोल्दीन तिमीहरुको मालीक कहाँ छ भनेर प्रश्न तेर्साउर्दै , तारा काफ्ले मुर्दाबाद, नेकपा पार्टी मुर्दाबाद जस्ता नारा एक्लै लगाउँर्दै बस्दा समेत रमाइलो प्रहरी चौकीबाट खटिएको हबल्दार सहितको सिपाहीहरु मुख दर्शक बसेका थिए । धेरै होहल्ला गरेपछि प्रहरीलाई वडाध्यक्षले कराए पछि प्रहरीले पक्राउ गरी प्रहरी चौकी लगेर थुनेका थिए ।
कार्की नेपाली कांग्रेसका पूर्व केरौन गाविस सभापती र गत स्थानीय चुनावमा कानेपोखरी गाउँपालिका वडा नं. २ बाट नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट पाए पनि पराजित भएका थिए ।
पक्राउ गरेको तीन घण्टा पछि कांग्रेसको दवावमा छाडियो
मदिराले लट्ठ भएर जनप्रतिनिधिहरुलाई अप शव्द बोल्दै गाली गलौज गर्ने नेता कार्कीलाई नेपाली कांग्रेसको दवावमा मध्यराती छाडिएको थियो । आरोपीत कार्कीलाई प्रहरीले छाडेपछि जनप्रतिनिधिहरुले प्रहरीसँग छोड्नुको कारण खोजेका थिए । छोडाउन कांग्रेसले जिल्ला नेता देखि सांसद सँग निकै पापड पेल्नु परेको थियो । इलाका प्रहरी कार्यलय पथरीका डिएसपी लक्ष्मी अधिकारीले कार्कीलाई छाडेको होइन उपस्थीत हुनलाई हो । हामीले मापासे चेक गरी रिपोट ल्याई सकेकोले भन्ने वितिकै छलफल गरिदिने बताए ।
बुधबार ११ बजे नेपाली कांग्रेसको गाउँपालिकाका दुई दर्जन नेता भेला पारी गाउँपालिकाको कार्यालयमा आफै माफी माग्न गएका थिए । कार्कीले कानेपाखरी गाउँपालिका स्तरीय माछा पालक व्यवसायीको अध्यक्ष भएकोले गाउँपालिकाले आफुलाई नसोधि कार्यक्रम पारित गरेकोमा रिस पोखेको बताएका थिए । उनले भने‘मदिरा खाएर यस्तो हर्कत गरेको पहिलो पटक हो, मैले नगर्नु पर्थ्र्यो गरिहाले मैले गल्ती स्वीकार गरेको छु ।’