१६ पुस,विराटनगर/ नेपाली कांग्रेस विराटनगर–१६ र १८ नम्वर वडाको वडा सम्मेलन आज सम्पन्न भएको छ ।
स्थानिय निकायको निर्वाचनका लागी पार्टीलाई थप मजवुत एंव वलियो बनाउन भन्दै मोरङ काग्रेसले विराटनगरका सवै वडामा सम्मेलन शुरु गरेको छ । यसै अनुरुप क्षेत्र न ५ अन्र्तगतका पर्ने १६ र १८ नम्वर वडामा सम्मेलन सम्पन भएको हो । १६ नम्वर वडामा नेपाली कांग्रेस जिल्ला सदस्य नवराज पाण्डेको संयोजकत्वमा वडा सम्मेलन सम्पन्न भएको हो ।
यसैगरी नेपाली कांग्रेस विराटनगर–१८ कोपनी वडा सम्मेलन सम्पन्न भएको छ । वडा सभापती हरी यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हसन अन्सारी, महाधिवेशन प्रतिनिधि अर्जुन निरौला, जिल्ला सदस्य नवराज पाण्डे, राजेश गुप्ता,फिरोज आलम क्षेत्र न ५ का क्षेत्रिय सभापति दिलिप पोखरेल , किशोर सुव्वा , सुनकुमारी कार्की तथा वडा सभापती श्रवण यादवले सम्मेलनमा पार्टीका कार्यकर्ताहरुको विचारलाई समेटेर अघि वढनेमा जोड दिएका थिए ।