RUMPUM
animated ellipse animated ellipse

इङ्ल्याण्डलाई पराजित साविक विजेता अस्ट्रेलिया अन्तिम चारमा, हारसँगै इङ्ल्याण्डको सेमिफाइनल यात्रा कठिन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०७६, बुधबार ०६:३४
3
Shares

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको ।

मंगलबार भएको खेलमा आयोजक इङ्ल्याण्डलाई ६४ रनले पराजित साविक विजेता अस्ट्रेलिया अन्तिम चारमा पुगेको हो । अस्ट्रेलियाले ७ खेलमा ६ मा जित १ मा हारसहित १२ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने इङ्ल्याण्डले पनि ७ खेलमा ४ मा जित ३ मा हारसहित ४ अंककासाथ चौथो स्थानमा यथावत रहेको छ ।

हारसँगै इङ्ल्याण्डको सेमिफाइनल यात्रा कठिन बनेको छ । इङ्ल्याण्डको यो हारले सेमिफाइनलको दौडलाई रोचकसमेत बनाएको छ । अब इङ्ल्याण्डले भारत र न्यूजिल्याण्डसँग भएको दुवै खेल अनिवार्य जित्नुपर्छ र एकमात्र म्याच हारेमा भने उसले अन्य टोलीको जतिजामा भर पर्नुपर्नेछ ।

अस्ट्रेलिया दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको इंल्याण्ड ४४ दशमलव ४ बलमा अलआउट हुँदै २ सय २१ रन मात्र जोड्न सक्यो । इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिँदा जोनी बेयरस्टोले २७ रन, क्रिस ओक्सले २६ रन तथा जोश बटलर र आदिल राशिदले समान २५–२५ रन बनाए । बनाए । अस्ट्रेलियाका लागि जोसन बेहरोनडफले सर्वाधिक ५ विकेट लिए भने मिचेल स्टार्कले ४ विकेट लिए। मार्कस स्टोइनिसले १ विकेट लिएका थिए ।

यसअघि लन्डनको लर्ड्स मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतक प्रहार गरे । उनले १ सय १६ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै १ सय रनमा आउट भए । त्यस्तै डेभिड वार्नरले ५३ रन , पूर्व कप्तान स्टेभिन स्मिथ ३८ रन बनाउँदा उस्मान खावाजा २३ रनमा आउट भए एलेक्स कोरीले नटआउट ३८ रन जोडे। उनले २७ बलमा ५ चौका हिर्काए । इङ्ल्याण्डका क्रिस ओक्सले २ विकेट लिँदा जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १–१ विकेट बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर