पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ मा प्रदेश स्तरिय मुख्यमन्त्री कप प्रदेश लिग फुटवल प्रतियोगिता हुने भएको छ ।
अखिल फुटवल संघको आयोजना तथा सामाजिक विकाश मन्त्रालयको सम्योजकमा असार १६ गतेदेखि प्रदेश स्तरिय मुख्यमन्त्री कप प्रदेश लिग फुटवल प्रतियोगिता–२०७६ हुने भएको हो ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारै जानकारी गराएको हो । प्रतियोगितको संयोजक किरण राईले प्रदेश १ को तीन ठाउँ उदयपुरको गाईघाट, इलामको सदरमुकाम इलाम र सुनसरीको धरानमा खेल हुने जनाएका छन् । फाइनल चरणको खेल भने विराटनगरको शहीद रङ्गशालामा हुने संयोजक राईले बताए ।
प्रदेश–१ का १४ वटा टिम सहभागि रहेने आयोजकले जनाएको छ । ११ जिल्लाको लिग विजेता र गठन नभएको तीन जिल्लाबाट जिल्ला खेलकुद विकास समितबाट छनौट भएको टिम सहभागि हुने छ ।
उदययुरमा ५ , सुनसरीमा ५ र इलाममा ४ टिमले लिग खेल खेल्ने कार्यक्रम रहेको प्रचार संयोजक रोहित कोइरालाले बताए । तीनै सथनबाट लिगको विजेता र उपविजेताले फाइनल चरण्मा सहभागि रहेको आयोजकले जनाएका छन् ।
विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफि हात पार्ने छ भने बाकी सवै ४ टिमले ७५–७५ हजार नगद सान्तन्वाको रुपमा पाउँने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख पुरस्कार दिने संयोजक राईले जानकारी दिए । उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडिले नगद २५–२५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडिले नगद ५–५ हजार पाउँने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई तयारी गराउन ५०–५० हजार र १५ थान फुटवल उपलब्ध गराउने योजना रहेको संयोजक राईले जानकारी दिए । प्रतियोगिताका लागि प्रदेश सरकारले १ करोड र अखिल नेपाल फुटवल संघले ३३ लाख सहयोग उलब्ध गराउने भएको छ ।
फुटवल प्रतियोगिता उदयपुरको गाईघाटमा १६ गते, सुनसरीको धरानमा १७ गते र इलामको सदरमुकाम इलाममा १८ गते उद्घाटन हुने भनिएको छ ।