पूर्वाञ्चल खबर
विराटनगर / आयोजक ब्राजिल कोपा अमेरिका फुटबलमा जित हात पार्दै समूह विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको छ ।
शनिबार राति भएको देलमा पेरुलाई ब्राजिलले ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
ब्राजिलको जितमा कासेमिरो, रोबर्टो फिरमिनो, साउसा सोएरिस, अल्भेस डा सिल्भा र विलियनले गोल गरे । १२ औँ मिनेटमा कासेमिरोले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १९ औँ मिनेटमा फिरमिनोले निकै साहसी गोल गरे । उनले १९ औँ मिनेटमा बल र पोस्ट तिर हेर्दै नहेरी गोल गरेका हुन् । पेरुका गोल रक्षक पेड्रो गालेसीले रोक्न गोलेको बल रिबाउण्ड भएर आएको बललाई नियन्त्रमा लिएर फिरमिनोलो पोस्टतिर हेर्दै नहेरी प्रहार गरी गोल गरेका हुन् । किनकी त्यो बेला पेरुका गोलरक्षक गोलपोस्टमा थिएनन् ।
३२ औँ मिनेटमा सोएरिसले गोल गरेपछि पहिलो हाफमा ब्राजिलको अग्रता ३–० मा पुग्यो । यस्तै ५३ औँ मिनेटमा सिल्भा तथा ९० औँ मिनेटमा विलियनले गोल गरेपछि ब्राजिल ५–० ले विजयी भयो । पहिलो खेलमा बोलिभियालाई ३–० ले पराजित गरेको ब्राजिले दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा जित निकालेपछि ब्राजिल सात अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह ए अन्तर्गत शनिबार राति नै भएको खेलमा बोलिभियालाई ३–१ ले पराजित गरेको भेनेजुएला पाँच अंकसहित समूह उपविजेताका रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ ।