पूर्वाञ्चल खबर
विराटनगर । नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्षले आफ्नो मनोमानी संस्था चलाएको भन्दै सन्थाल संस्थागत सुशासन अभियान प्रचारप्रसार समितिले विरोध गरेको छ ।
समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्षको कार्यको विरोध गरेको हो ।
सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष लुखिराम हास्दाले विगत ६ वर्षदेखि साधारणसभा नगरी अवैधानिक तवरले संस्था नविकरण नगरी आफुखुशी योजनाहरु पारित गर्ने गरेको प्रचार प्रसार समितिले आरोप लगाएको छ ।
संघका पूर्व महासचिव लखन हास्दाले अध्यक्षले जिम्मेवारी सम्हालेपछि समुदायको हितमा कुनैपनि काम नगरी उल्टै संस्थालाई डुवाउन खोजेको वताए । उनले नियमित रुपमा साधारण सभा तथा संस्थाको अधिवेशन हुनु पर्ने माग गरे । पत्रकार सम्मेलनमा संघका मोरङ जिल्ला सचिव श्यामलाल वास्किले वैधानिक ढंगले साधारण सभा र अधिवेशन हुनु पर्ने वताए । अर्का सदस्य सोनेलाल किस्कुले अध्यक्षले एकलौटी रुपमा सवै पदको काम गर्दै आएको आरोप लागाए ।
संस्थाले प्रत्येक वर्ष जिल्ला प्रसासन कार्यालमा संस्था नविकरणका लागी साधारणसभा गर्नु पर्ने प्रावधान रहेता पनि अध्यक्षले आफ्नो समितिका पद्धाधिकारी र सदस्यलाई समेत थाहा नदिई कागजि रुपमा साधारणसभा गर्ने गरेको उनीहरुको आरोप छ ।