RUMPUM
animated ellipse animated ellipse

पथरीमा जेसीज सप्ताह हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७६, बिहीबार २२:१२
3
Shares

पथरी / पथरी जेसीजले सुनसरी इटहरी उप-महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भ्रष्ट्राचार विरुद्धको अभियान्ताको रुपमा बोलाएर जेसीज सप्ताह २०१९ को सुरुवात गर्ने भएको छ ।

प्रमुख चौधरी कार्यक्रममा आउने निश्चित भइसकेको पथरी जेसीजले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

इटहरी उपमहानगरपालिकालाई भ्रष्ट्राचारमुक्त नगरको रुपमा स्थापित गर्ने भन्दै कर्मचारी, पार्टी नेताहरु र पत्रकारहरुलाई समेत भ्रष्ट्राचार विरुद्धको अभियान लाग्न आग्रह गर्दै आएका छन् । नगरको सेवाग्रहीबाट अवैध (घुस) रकम लिएका कर्मचारीलाई मेयर चौधरीले कारवाही गरेपछि इटहरीका केही पत्रकारसँग द्वन्द्व बढेसँगै देश ब्यापीचर्चामा रहेका चौधरीलाई पथरी जेसीजले असार १२ गते पथरीशनिश्चरे नगरपालिका मोरङमा भ्रष्ट्राचार विरुद्धको सचेतना कार्यक्रममा निम्तो दिएको हो ।

जेसीजले असार १२ गतेदेखि जेसीज सप्ताह कार्यक्रम गर्दैछ । यस्तैगरी असार १३ गते गरिब तथा जेहेन्दार विद्यार्थीलाई टिफिनकारी वितरण, असार १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, असार १५ गते लागू औषध प्रयोगमा न्युनिकरण ट्राफिक सचेतना कार्यक्रम, असार १६ गते ट्राफिक सचेतना कार्यक्रम, असार १७ गते नेतृत्व विकास, असार १८ गते सम्मन तथा समापन समारोह कार्यक्रम गर्ने महासचिव सुमन कुरुम्बाङले जानकारी गराए ।

सप्ताह ब्यापी कार्यक्रम मूल आयोजक समितिमा सुवर्ण खत्रीको साथै टेकिन्द्र लिभाङ लिम्बू, अनु राई, अनोज घिमिरे, राजकुमार विक, काशीहाङ राई, लक्ष्मी भट्टराई र सन्तोष ढुंगेललाई जिम्मेवारी दिइएको अध्यक्ष मानबहादुर दियालीले बताए ।

पथरी जेसीजले संस्थापक अध्यक्ष अशोक शंकरलाई आगामी निर्वाचनमा केन्द्रीय अध्यक्ष उठाउन देशव्यापी रुपमा पहल थालेको समेत अध्यक्ष दियालीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर