RUMPUM
animated ellipse animated ellipse

कोपा अमेरिकामा कोलम्बियासँग अर्जेन्टिना स्तव्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७६, आईतवार ०९:०५
3
Shares

विराटनगर / कोपा अमेरिका २०१९ को समूह ‘बी’ को पहिलो खेलमा उपाधीे दाबेदार अर्जेन्टिना कोलम्बियासँग पराजित हुँदै स्तव्ध भएको छ ।
ब्राजिलमा आज विहान सम्पन्न भएको अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित हुँदै स्तव्त्र भएको हो ।

कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे ।हिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । खेल आफ्नो पकडमा राखे पनि अर्जेन्टिनाले कोलम्बियालाई पराजित सकेन ।

खेलको ७१ औं मिनेटमा रोजर मार्टिनेजले उत्कृष्ट गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए। उनले जेम्स रोड्रिग्वेजको लामो पासलाई नियन्त्रणमा लिँदै डि–बक्सको दायाँ भागबाट गोल गरेका थिए ।

कोलोम्बियाले ८६ औं मिनेटमा डुभान जपाटाले अग्रता दोब्बर बनाए । कप्तान राडामेल फाल्कोआको स्थानमा मैदान प्रवेश गरेका उनले जेफर्सन लेर्माको पासलाई सदुपयोग गर्दै कोलोम्बियाको अग्रता दोब्बर बनाए । अर्जेन्टिना रहेको समूह बी मा कतार, कोलोम्बिया र पाराग्वे रहेका छन् । अब अर्जेन्टिनाले अर्को खेलमा बुधबार पाराग्वेको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर