RUMPUM
animated ellipse animated ellipse

मिस नेवाका प्रतियोगीले देखाए ट्यालेन्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ जेष्ठ २०७६, शनिबार २१:२८
3
Shares

विराटनगर / विराटनगरमा आयोजना हुने मिस नेवाः को फाइनल राउण्ड लागि १२ जना प्रतियोगीहरुले आ– आफ्नो प्रतिभा देखाएका छन् ।

आज विराटनगरमा भएको ट्यालेन्ट राउण्डमा १२ जना नेवारी यूवतीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्डको निर्णायकमा मोडल स्वेता तुलाधर, पूर्व मिस नेवा रायसा श्रेष्ठ र झिपुचका सुरेश श्रेष्ठ रहेका थिए ।

अन्तिम फाइनल राउण्डमा प्रवेश पाउने गरी प्रतियोगीहरुका लागि भोटिङ लाइन पनि खुला गरिएको छ । प्रतियोगितामा सहभागि १२ जना प्रतिस्पर्धीहरुका लागि अलग्गै कोडका साथ भोटिङ लाइन खुला गरिएको आयोजक मञ्जिना मुभिजका प्रबन्ध निर्देशक जतिन ताम्राकारले बताए ।

भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गएर मिस नेवा कोशीको एम एन के स्पेस अनि प्रतियोगीलाई दिएको कोड नम्बरका साथ ३८६८७ मा म्यासेज पठाउनु पर्नेछ । भोटिङ मार्फत सर्वाधिक भोटप्राप्त गर्ने प्रतियोगी अन्तिम ६ मा पुग्ने र विभिन्न टाइटलको हकदार बन्ने ताम्राकारले बताए । भोटिङ लाइन आगामी असार ७ गते अपरान्ह ४ बजेसम्मका लागि खुला गरिएको छ ।

विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर १२ जना युवती फाइनलमा प्रवेश गरेका छन् । विराटनगरसहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका यूवतीहरू छनौट भएका छन् । .नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक ताम्राकारले जानकारी गराए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका यूवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका यूवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति यूवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । फाइनलमा प्रवेश गरेका यूवतीहरूलाई अहिले विराटनगरमा बन्द प्रशिक्षणमा राखिएको छ । यसपटकको मिस नेवा विजेतालाई टिभिएस कम्पनीको जुपिटर स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । यही असार ७ गते विराटनगरस्थित वीरेन्द्र सहभागृहमा भव्य समारोहका बीच प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर