पूर्वाञ्चल खबर
विराटनगर / विराट व्यापार संघको अध्यक्षमा सुजन थापा निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार विराटनगरमा सम्पन्न भएको विराट व्यापार संघको १० औं साधारण सभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै वरिष्ट उपाध्यक्षमा जितेन्द्र गोल्छा,उपाध्यक्षमा नरेश खत्री र प्रमोद जिल्दल, महासचिवमा चन्द्रप्रसाद अधिकारी,उप– महासचिवमापूवीण अग्रवाल र कोषाध्यक्षमा सुनील कर्ण निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अमित सिंघल, अधिशेक अग्रवाल, सरद श्रेष्ठ,निरज श्रीवास्तव, अंशु बंजरा,लीलानाथ अधिकारी(संतोष) मुकेश बुढाथोकी र गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।