RUMPUM
animated ellipse animated ellipse

प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७६, आईतवार २२:१५
3
Shares

विराटनगर / प्रदेश १ को प्रदेश सभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

प्रदेश सभा नियवमाली,२०७४ को नियम ३८( १) वमोजिम आर्थिक बार्षिक २०७६÷७७ को प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भएको हो ।

प्रदेश सभा सदस्यहरुले भूटानी शरणार्थीहरुका कारण यस क्षेत्रमा अपराध वृद्धि भएकोले उनीहरुको स्थायी समाधान गर्नुपर्ने,मेची क्याम्पसमा टि टेक्नो एण्ड म्यानेजमेन्ट अध्ययन पुनः सञ्चालन हुनुपर्ने,सैनामैना गाउँपालिका खानेपानीका लागि सप्तकोशी नदीवाट लिफ्टिङ्ग प्रणाली व्यवस्था गर्नुपर्ने, उदयपुरमा पुष्पलाल पार्क निर्माणमा वजेट निकाशा गर्नु पर्ने माग गरिएको छ ।

यसैगरी उदयपुर,ओखलढुंगा र सोलुखुम्वू तीन जिल्लालाई छुने गरी हिमालदेखिने गरी केवल कारको निर्माण गर्नु पर्ने,पहाडी तथा हिमाली क्षेत्रमा स्वास्थ्यको उपयुक्त व्यवस्था गर्नुपर्ने , स्वास्थ्य विमाको अनुगमन गर्नुपर्ने,समानुपातिक संसदलाई विकाश कोषको रकम१ करोड उपलव्ध गराउनु प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

यस्तै झापामा आदिवासी रंगशाला निर्माणमा वजेटको व्यवस्थापन,केचनादेखि सगरमाथा आधारशिविरसम्म सडक निर्माण विशेष ध्यान दिन,विराट राजाको दरवारको जीर्णोद्धार गर्न वजेट उपलव्ध हुनुपर्ने, झापा, मोरङ्ग र सुनसरीको नहर मर्मत गर्नु पर्ने, धरानमा विजयपुर विकास प्रर्वद्धन वोर्ड स्थापना गर्नुपर्ने,कृषि उत्पादन वृद्धि गर्न सासद मार्फत कार्यदल गठन गर्नुपर्ने, पहाडी क्षेत्रमा वाँदर नियन्त्रण गर्नुपर्ने आदि प्रदेश सदस्यहरुले सुझाव तथा माग गरेका छन् ।

यसरी सुझाव र माग गर्ने विन्दीया कार्की,सूर्यमाराज राई,अर्जुन राई,अम्विका थापा, अम्विरवहादुर गुरुङ्ग, इन्दिरा राई, उत्तमकुमार वस्नेत,जयराम यादव, विष्णु तुम्वाहाम्फे र राजन राई रहेका छन् । यस्तै गरि लिला सुव्वा,लोकप्रसाद संग्रौला, विमल कार्की, शेखरचन्द्र थापा, सन्जाकुमार दुनुवार, सावित्राकुमारी रेग्मी, हिमाल कार्कीले समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर