RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल दुर्घटना परि एकको मृत्यु ३ घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७६, शनिबार १९:१७
3
Shares

झापा / झापाको बिर्तामोड नगरपालिका २ रामचोकमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

पश्चिमबाटपूर्वतर्फ आउँदै गरेकोको १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि तत्काल बिर्तामोडकै बिएण्डसी। अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका ५ का ३० बर्षीय टेकनाथ घिमिरेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ भने सोही मोटरसाईकलको पछाडी सवार गौरादह नगरपालिका ४ की ३१ बर्षीया यमुनादेवी न्यौपाने, मे १० प ५१९९ नम्बरका मोटरसाईकल चालक दमक नगरपालिका १५ का २० बर्षीय जिवन भण्डारी र सोही मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका ९ का २३ बर्षीय कर्म उराँवको सोही अस्पतालमा उपचार भईरहेको झापा प्रहरीले जनाएको छ ।

दुर्घटनामा को १ च ६२१९ नम्बरको कारमा समेत सामन्य क्षति भएको छ भने ३ वटै सवारी साधन ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर