पूर्वाञ्चल खबर
कुुमोद अधिकारी
विराटनगर / विराटनगर अव सिसि क्यामरानको निगरानिमा हुुने भएको छ । शान्ती सुुरक्षा थप सुुद्धिढ वनाउन मोरङ प्रहरीले विराटनगर महानगरपालिकाक्षेत्रमा सिसि क्यामरानको जडान गरी विराटनगरमा हुुने अपराधि गतिविधिमा निगरानी गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुुख एसपी विश्व अधिकारीले विराटनगरलाई सुरक्षित वनाउन महानगरको वजार तथा हाइवे सडकका ५१ स्थानमा सिसि क्यामरा जडान गर्ने तयारी शुुरु भएको वताए ।
सिसि क्यामरा जडानका लागी ५० किलोमिटर क्षेत्रमा अपटिकल फाइवर राख्ने काम सम्पन्न भई सकेको र पहिलो चरण ५१ वटा त्यसपछि सवैतिर सिसि क्यामरा जडान गरिने एसपी अधिकारी जानकारी दिए । विराटनगरका मुुख्य सडक तथा संवेदनशिल स्थान साथै सरकारी कार्यालय अगाडी सवै स्थानमा सिसि क्यामरावाट निगरानी वढाइने एसपी अधिकारीले वताए ।
उनका अनुुसार प्रदेश सरकारको सहयोगमा सिसि क्यामरा जडान गर्न लागिएको हो । सो अपटिकल फाइवरमा एक हजारसम्म सिसि क्यामरा जडान गर्न सकिने छ । यस अघि जडान गरिएका सिसि क्यामरा प्रभावकारी नभएपछि नयाँ योजनाका साथ सिसि क्यामरा जडान गर्न थालिएको उनले बताए ।
विराटनगर महागनरपालिका प्रदेशको राजधानी समेत भएकाले यसक्षेत्रको सुरक्षा व्यवस्था सुुद्धिढ वनाउन मोरङ प्रहरीले विशेष सुुरक्षा योजना संचालन गरिरहेको उनको भनाई छ । उनले जिल्लामा शान्ती सुुरक्षा सुुद्धिढ वनाउन , ट्राफिक व्यवस्थापन साथै लागुु औषध दुुव्र्यसनी नियन्त्रण तथा पुुर्न स्थापना , समुुदायमा चियापान जस्ता कार्यक्रम समुुदायसंग मिलेर सञ्चालन गरिरहेको कार्यक्रमलाई निरन्तर दिने बताए । शान्ती सुुरक्षाका लागी मोरङमा अहिले दैनिक ७ सय ९० जना प्रहरी ड्युुटिमा खटिरहेकाले सुुरक्षा व्यवस्थामा कमि नआउने दावी उनको छ ।