RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेट लगातार दुई खेलमा जित हात पार्दै न्यूजिल्याण् शिर्ष स्थानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०७६, बिहीबार ०७:२५
3
Shares

विराटनगर / इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्ले बंगलादेशलाई २ विकेटले पराजित गर्दै लगातार २ खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ । यस अघि भएको पहिलो खेलमा न्यूजिल्याण्ले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

टस हाररे ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलव २ बलमा सवै विकेट गुमाई २ सय ४४ रन बनाएको थियो बंगलादेशकालागि सकिवअल हसलने ६४ रन बनाउँदा मोहमद सैफुदीनले २९ रन, महमद मिथुनले २६ रन सौम्य सरकारले २५ रन, तमिम इकवालले २४ रन जोडेका थिए ।

२ सय ४५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्लले ४७ दशमलदै ८ विकेट गुमाउँदै सो विजय लक्ष्य पार गरेको थियो । न्युजिल्याण्डको जितमा रोस टेलरले ८२ रन बनाउँदा कप्तान केन विलियम्सनले ४० रनको योगदान दिए । बंगलादेशका मेहिदी हसन मिराज, शकिब अल हसन, मोहम्मद शैफुदिन र मोसादक हुसेनले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर