RUMPUM
animated ellipse animated ellipse

बजेटबारे महासंघको सुझाब

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०७६, आईतवार २०:२१
3
Shares

विराटनगर / नेपाल पत्रकार महासंघ प्रदेश १ ले पत्रकार र समग्र मिडिया क्षेत्रको विकाससँग सम्बन्धित विषय बजेटमा समेट्न प्रदेश सरकारको ध्यानकर्षण गराएको छ ।

संघीय संरचनामा गएर प्रदेश सरकारले दोस्रो वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको बेला आइतबार मुख्यमन्त्री शेरधन राईलाई महासंघले सुझाब बुझाएको हो ।

महासंघका अध्यक्ष विक्रम लुइँटेलले सुझाब बुझाउँदै पत्रकार र मिडियाका विषयलाई बजेटमा समेट्न ध्यानाकर्षण गराए । प्रदेश पत्रकार महासंघको भवन निर्माण, कार्यालय व्यवस्थापन र अन्य गतिविधि सञ्चालनमा पनि सरकारले गरेको सहयोग सह्रानीय रहेको भन्दै महासंघका महासचिव विवेक गौतमले आगामी वर्षमा समेट्नुपर्ने विषयको लागि सरकारको ध्यानाकर्षण गराएको बताए ।

महासंघले प्रदेश आमसञ्चार सम्बन्धि एकीकृत कानून तत्काल निर्माण गर्न माग गरेको छ । सो कानूनको मस्यौदा यसअघि नै महासंघले सरकारलाई बुझाएको थियो । महासंघले सबै सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन, संघीयता र समृद्धिको लागि योगदान गर्ने प्रादेशिक र स्थानीय सञ्चार माध्यमलाई सहयोग गर्न, न्यूनतम पारिश्रमिक लागू गराउने वातावरण सिर्जना गर्न, पत्रकार सहायताक कोष स्थापना गर्न, महासंघ प्रदेश समितिको भवन निर्माण गर्न आगामी आर्थिक वर्षमा थप रकम विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै सञ्चार माध्यमको वर्गीकरण र मूल्यांकन तथा अनुगमन आगामी आर्थिक वर्षबाट प्रदेशमै गर्नेगरी संरचना निर्माण गर्न, पत्रकारहरुको पेशागत दक्षता र विषयगत क्षमता अभिबृद्धिको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न पनि महासंघले माग गरेको छ । सो अवसरमा सञ्चारकर्मीहरुले पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउन र पत्रकारहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न पनि सुझाब दिएका थिए ।

पत्रकारले उठाएका विषयलाई गम्भीर रुपमा लिने बताउँदै मुख्यमन्त्री राईले बजेटमा योजना समेट्ने आश्वासन दिए । महासंघका मोरङका पूर्व अध्यक्ष यज्ञ शर्मा, महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेल, पत्रकार कमल पौडेल, महाप्रसाद खतिवडा र महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललगायतले विभिन्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर