RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा अफगानिस्तान अष्ट्रेलियालसँग ७ विकेटले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०७६, आईतवार ०६:३४
3
Shares
विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध ब्याटिङ गदै कप्तान आरोन फिन्च ।

विराटनगर / इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

गए राति भएको खेलमो अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियालले सहज जित हात पारेको हो ।

इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तान ३८ दशमलव २ बलमा सवै विकेट गुमाई २ सय ७ रनको योगफल तयार पारेको थियो । अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ५१ रन बनाउँदा , रहमत साहले ४३ रन, कप्तान गुल्बदिन नाइबले ३१ रन र राशिद खानले २७ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पा र पट कुमिन्सले समान ३–३ विकेट लिए । मार्कुस स्टोनिसले २ विकेट लिए ।

२ सय ८ रनको सामान्य चुनौती पछ्याएको अष्ट्रेलियाले ३४दशमलव ४ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियोे । अष्ट्रेलियाका जितमा डेभिड वार्नरले अविजित ८९ रन बनाए भने र कप्तान आरोन फिन्चर्ले ६६ रन बनाए । यी दुई खेलाडीले पहिलो विकेटका लागि ९८ बलमा ९६ रनको साझेदारी गरेका थिए । त्यस्तै पूर्व कप्तान स्टेभन स्मिथले १८ रन र उस्मान ख्वाजाले १५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर