RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा श्रीलंका न्यूजील्याण्डसँग १० विकेटले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०७६, शनिबार १९:४८
3
Shares

विराटनगर / इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा श्रीलंका न्यूजील्याण्डसँग पराजित भएको छ ।

इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समामा भएको खेलमा श्रीलंका न्यूजील्याण्डसँग १० विकेटले पराजित भएको हो । श्रीलंकाले दिएको १ सय ३७ रनको लक्ष्य न्यूजील्याण्डले १६ दशमलव १ बलमा विना विकेट गुमाई पार गरेको थियो । न्यूजील्याण्डको जितमा मार्टीन गुप्टीलले अविजित ७३ रन र कोलीन मुनरोले अविजित ५८ रनको योगदान दिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३६ रन बनाएपछी न्यूजील्याण्डले १ सय ३७ रनको लक्ष्य पाएको हो । श्रीलंकाका ओपिङमा आएका कप्तान दिमुथ करुणारत्नेले अविजित ५२ रन बनाए भने कुशल परेराले २९ रन बनाउँदा थिसारा परेराले २७ रनको योगदान दिए ।
श्रीलंकालाई उसलाई सस्तैमा समेट्ने क्रममा म्याट हेनरी र लोकी फर्गुसनले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर